नेमारले आफूसँग दुईवटा त्यस्तो क्षण भएको बताए।
उनले पहिलो सन् २०१६ मा ब्राजिलको लागि ओलम्पिक गोल्ड मेडल जित्नु आफ्नो लागि अविस्मरणीय क्षण भएको बताए।
दोस्रोमा नेमारले पीएसजीमाथि ६–१ को जित फुटबलकै अविस्मरणीय क्षण भएको बताए। हाल नेमार पीएसजीबाटै खेलिरहेका छन्।
सन् २०१७, नेमार त्यसबेला बार्सिलोनाबाट खेल्थे। च्याम्पियन्स लिगको पहिलो लेगमा बार्सा पीएसजीविरुद्ध ४–० ले पछि थियो।
दोस्रो लेगमा बार्साले अप्रत्याशित रुपमा ६–१ को जित निकाल्दै समग्र लेगमा ६–५ को जित निकालेर च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको थियो।
त्यसबेला नेमारको प्रदर्शनलाई निकै तारिफ गरिएको थियो। उनले त्यसबेला दुई गोल गरेका थिए। त्यस खेललाई फुटबल इतिहासमै एक रोमान्चक खेलको रुपमा पनि हेर्ने गरिएको छ।
भिडियाे
Neymar: "My best memory as a footballer? When we won against PSG with FC Barcelona"
? pic.twitter.com/aRjDm7XzAs
नेमारले भने,‘त्यस खेलमा जित निकालेपछि हामी खुशीले पागलजस्तै भएका थियौं। मलाई लाग्छ त्यो मेरो जीवनकै महत्वपूर्ण क्षण थियो।’
फुटबल पण्डितहरु भने नेमारको यस अभिव्यक्ति उनको बार्सा आउने मनोभाव भएको बताउँछन्। नेमारले हालै पीएसजी छाड्ने इच्छा भएको बताएका थिए।
नेमार बार्सा आउने हल्लाका बीच हालै बार्साले एथ्लेटिको मड्रिडबाट एन्टोनी ग्रीजम्यान अनुबन्ध गरिसकेको छ।
बार्साले ग्रीजम्यान अनुबन्ध गरेपछि नेमार दुखी भएको जनाइएको छ।

प्रतिक्रिया