गायक शिव परियार र बुनु श्रेष्ठको स्वर रहेको ‘तिमी ओके’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। साउन्ड मिलको अफिसियल युट्युब मार्फत शुक्रबार गीतलाई सार्वजनिक गरिएको हो।
गीतमा कृष्ण भारद्वाजको शब्द, नेत्र काफ्लेको संगीत रहेको छ। गीतलाई जीवन बडूले एरेन्ज गरेका हुन्। गीतको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी, गम्भीर बिष्ट र सुरेन्द्र बसेललाई फिचरिंग गरिएको छ।
भिडियोलाई गम्भीर बिष्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। नबराज उप्रेतीले छायांकन गरेको यस गीतलाई नबिन निरौलाले सम्पादन गरेका हुन्। यस गीतलाई स्टुडियो साउन्ड मिलमा रेर्कडिङ गरिएको हो। महेश्वर मान राजभण्डारीले मिक्सिङ, मास्टरिङ रहेको गीतलाई रेकर्डिङ फुर्बा तामांगले गरेका हुन्।
असार २७, २०७६ शुक्रबार १०:९

प्रतिक्रिया