कला


राजकुमारको निर्देशनमा ‘फलानो ढिस्कानो’ बन्ने, मुख्य भूमिकामा साइग्रेस

राजकुमारको निर्देशनमा ‘फलानो ढिस्कानो’ बन्ने, मुख्य भूमिकामा साइग्रेस

नेपालखबर
साउन १२, २०८३ मंगलबार १५:५७, काठमाडौँ

द्रव्य प्रोडक्सनको ब्यानरमा हास्य फिल्म ‘फलानो ढिस्कानो’ बन्ने भएको छ। निर्माण पक्षले मंगलबार फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो।

पोस्टरमा कथावाचकका रूपमा चर्चामा रहेका साइग्रेस पोखरेललाई बाइकको पछाडि बसेर कतै गइरहेको देख्न सकिन्छ। जुन पोस्टर हेर्दैमा नाम जस्तै हास्य भूमिकामा उनी रहेको देख्न सकिन्छ।

हँसिलो अनुहारमा उनी देखिएका छन्। उनको कोटको गोजीमा चलचित्र पत्रकारको कार्ड बोकेको देखिएको छ।

अर्को पोस्टरमा उनी चलचित्र पत्रकारको प्रेसकार्ड बोकेका छन्, जहाँ उनी पठाओ बुक गर्दै गरेको देख्न सकिन्छ। 

जय नेपाल हलमा भएको घोषणा कार्यक्रममा साइग्रेसले भने, ´मैले आ बाट आमा खेल्छु त्यसपछि खेल्दिनँ भन्ने थियो तर यो नसा रैछ। त्यसैले यो फिल्मको कथा मन परेको कारण यो फिल्ममा अनुबन्ध भएको हुँ।`

यस फिल्ममा साइग्रेसबाहेक अन्य कलाकारहरूको नाम सार्वजनिक गरिएको छैन। निर्माण टिमले विस्तारै अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिने जानकारी दिएको छ।

यस  फिल्मलाई राजकुमारले निर्देशन गर्न लागेका हुन्। उनका अनुसार यस फिल्मको छायांकन दसैँपछि सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad