गायक तथा कलाकार अशोक दर्जीले आफूमाथि भएको हातपात र सामाजिक सञ्जालमा भाइरल भिडिओबारे स्पष्टीकरण दिएका छन्। सोमबार राति टिकटकमा एक भिडिओ राख्दै उनले न्यायको लागि गुहार मागेका छन्।
झापाबाट नयाँ चलचित्र ‘पार्वती’ को टिजर रिलिजका लागि काठमाडौँ आएको बताउँदै आफू पूर्ण रूपमा निर्दोष रहेको दाबी उनको छ।
सामाजिक सञ्जालमा आधा मात्र भिडियो सार्वजनिक गरेर आफूलाई फसाउन खोजिएको भन्दै उनले घटनाको वास्तविकता बुझाउन खोजेका छन्। उनले बाल्यकालको संघर्ष स्मरण गर्दै आफू कहिल्यै गलत बाटोमा नलागेको दाबी गरे।
विगतको दु:खद् यात्रालाई जोड्दै अशोकले भने, ‘मैले चोर्न कहिल्यै पनि सिकेको छैन। मैले सानैदेखि मागेर खाएँ, मेरो अहिले पनि बेल्डाँगीमा जानुभयो भने मेरो हिस्ट्री भन्दिनुहुन्छ। म कसरी गाएर हिँड्थेँ, कसरी बाटोमा माग्थेँ! कहिल्यै पनि लामो हात गरिनँ मैले।’
यस्तो छ भिडिओमा भनेको अशोकको पूरा भनाइ:
नमस्कार सबैजनालाई, मेरो नाम अशोक।
हिजो चाहिँ म झापाबाट काठमाडौँ आएँ। मेरो नयाँ फिल्म 'पार्वती' फिल्मको टिजर रिलिज थियो। म चाहिँ आउँदै थिएँ, त्यो समयमा चाहिँ मेरो भिडिओ भाइरल भइसकेको थियो।
म गलत छैन। म सही छु, यो मलाई थाहा छ। किनभने यो एक महिना अगाडिको कुरा हो। जुन चाहिँ अनलाइन थ्रुबाट एक अर्कामा चलिरहेको थियो। अनि एकजनाबाट एकजना गर्दै यो भिडिओ भाइरल भयो।
अनि त्यतिबेला कतिजनाले प्रश्न गरिरहनुभएको छ: अशोकलाई यत्रो हान्दाखेरि किन नबोलेको होला भनेर। अनि कतिको माइन्डमा 'अशोकले चोऱ्यो कि के हो' भन्ने पनि आइरहेको होला !
मैले चोरेको पनि छैन। अनि अर्को कुरा त्यो भिडिओ त तपाईंहरूले आधी मात्र देख्नुभएको छ। त्यो त आधी मात्र खिचेको देख्नुभएको छ। तर, पूरा कुरा के भएको छ, त्यो तपाईंहरूलाई थाहा छैन।
उनीहरूले भिडिओ खिच्नुभन्दा अगाडिनै मलाई 'रोक्दिम रोक्दिम' भनेर धम्की दिन खोजेको थियो। उनीहरूको हातमा हेलमेट थियो। जहिल्यै पनि उनीहरूको ह्याबिटनै त्यस्तै थियो रे, हामीले बुझ्दाखेरि। उनीहरूले त्यहाँबाट जेले पनि प्रहार गर्न सक्थे मलाई।
तपाईंहरू आफैँ 'रोक्दिम रोक्दिम' भनेपछि त्यसको मिनिङ के हो त? उनीहरूसँग चक्कु पनि थियो होला। अनि हेलमेटले हान्थे होला। त्यतिबेला म केही बोल्न सकिनँ। किनभने एकाएक आफ्नै धुनमा भइराखेको मान्छेलाई आएर पिटेपछि त मान्छे कन्फ्युज हुन्छन् नि त। एकतिर त म त बचेको छु।
अनि मभन्दा कति सिनियर हो उनीहरू। अनि त्यति सिनियरहरूले अब एकाएक आएर पिट्दाखेरि के हो कुरो? बुझेको थिएनँ मैले पनि।
कहानी अर्कै छ, मलाई फसाउन गइरहेका छन् मिलेर। अनि त्यसपछि मैले त्यहाँबाट कुरा बुझेँ, अनि त्यसपछि गएर जुन यतापट्टिको त्यो कुट्ने भनेको। कुट्नेको नाम चाहिँ सुक्रे। अनि यता जुन आवाजमा ठूलो/ठूलो बोल्नेको नाम चाहिँ अङ्कित।
अनि यो दुइटामा चाहिँ अङ्कितलाई चाहिँ हाम्रै बसपार्कका पुलिस सरहरूले पक्राउनुभयो। सबिन दाइ, अर्जुन दाइहरूले मिलेर पक्राउनुभयो।
अनि त्यतिबेला पनि उसले एउटा त्यहाँ मिस्टेक बोल्यो। पुलिस सरहरूले पिट्दा खेरि 'अशोक भाइसँग किन भेटेछु मैले' भनेर भन्यो। मैले त्यतिबेला नै झुट पकडिसकेको थिएँ। उ गलत थियो, म सही थिएँ। म किन डराउँछु !
मैले चोर्न कहिल्यै पनि सिकेको छैन। मैले सानैदेखि मागेर खाएँ, मेरो अहिले पनि बेल्डाँगीमा जानुभयो भने मेरो हिस्ट्री भन्दिनुहुन्छ। म कसरी गाएर हिँड्थेँ, कसरी बाटोमा माग्थेँ? कहिल्यै पनि लामो हात गरिनँ मैले। मैले हरेक अन्तर्वार्तामा पनि भनेको छु, मसँग हिँड्ने तीन/चार जना मेरो भाइबहिनीहरूलाई पनि मैले पालेर हिँडेको थिएँ के, म गलत काम गर्न सक्दिनँ।
तपाईँहरूले मलाई विश्वास गर्नुस्, म हजुरहरूकै छोरा हो। तपाईँहरूले नै बनाएको, म बच्चा हो। तपाईँहरूकै बच्चाहरू जस्तै हो म पनि, मैले गलत काम गरेको छैन। मलाई साथ, सपोर्ट दिनुहोला।
रियल स्टोरी चाहिँ यही नै हो, भएको यही नै थियो। अनि भोलिको दिनमा पनि मसँग प्रमाण छ, यदि मलाई केही अझै अप्ठ्यारो पर्यो भने। नत्र मैले मेरो आँसु मात्र बगाइराखेको छु।
यो मेरो मात्र होइन, सबै दर्शकको लडाइँ हो। हामीले जित्नैपर्छ यसमा, किनभने म गलत थिएँ भने म डराउँथेँ होला, म मर्न खोज्थेँ होला। तर मैले गलत गरेको छैन, म डराउँदिनँ।
अनि साथै यो घटना त भइहाल्यो, अब यसको चल्दै छ। मलाई चाहिँ सबै पुलिसबाट न्याय चाहिएको छ। सबै पुलिस सरहरूले चाहिँ यसलाई चाहिँ राम्रो तरिकाले गाइड गरेर यसलाई ह्यान्डल गर्दिनुहोला।
अनि अर्को जानकारी चाहिँ, आज म खासमा चाहिँ हाम्रो टिजर रिलिज थियो भनेर नै म काठमाडौँ आएको थिएँ। तर, यहाँ यस्तो अवस्थामा हामीलाई धेरै नै गाह्रो भयो टिजर रिलिज गर्नलाई। भोलिको दिनमा हामीले टिजर रिलिज गर्यौँ भने पनि यस्तो टाइममा भ्युज चाहिँ बढी आउँछ भनेर 'टिजर रिलिज गर्यो' भनेरसमेत कतिजनाले कमेन्ट गर्नुहुन्छ। हामीलाई यस्तो लाग्यो। किनभने सबै मान्छे एउटै सोच्नुहुन्नँ। हाम्रो ठाउँमा हजुरहरू सबैलाई थाहा छ।
तर, सकभर चाहिँ सबैजनाले मलाई बुझिदिनुहोला, मेरो बाबा/मम्मी रोइरहनुभएको छ, भाइबहिनी रोइरहेका छन्। म आफू पनि हिजोदेखि राम्ररी सुत्न पाएको छैन। आँखाबाट तुरुतुरु रुँन आउँछ। आज बिहान दिदी र ममीले बोलेको आवाज सुनेर मलाई एकदमै हर्ट भयो। रोए पनि, चित्त दुख्यो पनि।
अनि त्यहाँ 'मलाई किन नबोल्यो' भनेर भन्नुभएको छ कतिजनाले, खासियत यही हो। उनीहरूको हातमा हेल्मेट थियो। अनि किन भन्नु न, हात हालेर मान्छे कोही पनि ठूलो हुँदैन। किनभने एक न एक दिन त कर्मको फल भोग्नुपर्छ। मलाई पिट्नेहरूले पनि त्यो कर्मको फल भोग्दै छन् ।
म डराउँदिनँ, मेरो साथमा बाबा/मम्मी हुनुहुन्छ, हजुरहरू हुनुहुन्छ। मलाई ठूलो आशा छ, पुलिस सरहरू हुनुहुन्छ, पक्कै पनि मलाई न्याय मिल्छ भन्ने आशा राखेको छु।
अनि हाम्रो टिजर, भोलि रिलिज हुने पार्वतीको कार्यक्रम पनि सारेका छौँ केही समयको लागि। किनभने सुरुको यो युद्ध लड्नुपर्छ हामीले। सुरुमा म यसलाई समाधान गर्छु, त्यसपछि आउँदै गरेको फिल्म 'पार्वती' पनि भदौ १२ गतेदेखि रिलिज हुँदै छ। अशोकको काम हेर्न जानुहोला, कति मेहेनत गरेको छ, कति दु:ख गरेको छ।
हस, थ्याङ्क यु सो मच सबैजनालाई!
Shares

प्रतिक्रिया