कला


सुमन सरगमको नयाँ गीत ‘आफ्नो बनाई लैजाउ’

सुमन सरगमको नयाँ गीत ‘आफ्नो बनाई लैजाउ’

नेपालखबर
साउन ११, २०८३ सोमबार १७:४९, काठमाडौँ

गायक सुमन सरगमले नयाँ गीत ‘आफ्‌नो बनाई लैजाउ’ सार्वजनिक भएको छ। 

चर्चित गायकद्वय राजेश पायल राई र यश कुमारले संयुक्त रुपमा ‘आफ्‌नो बनाई लैजाउ’को भिडियो सार्वजनिक गरेका हुन्। गायक सरगमकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 

कार्यक्रममा बोल्दै गायक राईले खोजी प्रतिभाको नामक रियालिटी शोको निर्णायक हुँदा भेटेको एक सुन्दर प्रतिभा सुमन सरगम भएको बताए। 
त्यस्तै, अर्का गायक यश कुमारले सुमनलाई आफुले पहिलो पटक काठमाडौँ आउँदा भेटेको बताए। सरगमको गायन कला देखेर सहयोग गरेको उनले स्मरण गरे। 

सुमन र गायिका मेलिना राईको स्वर रहेको गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ। होरिजन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा याकुभ तामाङ म्युजिक प्रोड्युसर तथा रेशम गदालको मिक्सिङ र मास्टरिङ छ।

शान थापाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा गरिमा शर्मासँग गायक सरगम आफैले अभिनय गरेका छन्। भिडिओमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको कलर, विवेक सुनारको सम्पादन र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad