राजनीति


देवानगन्ज घटनाबारे सर्वपक्षीय समिति बनाएर संवाद थाल्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

देवानगन्ज घटनाबारे सर्वपक्षीय समिति बनाएर संवाद थाल्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

नेपालखबर
साउन १२, २०८३ मंगलबार १४:३५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरी देवानगन्ज घटनाबारे सर्वपक्षीय समिति बनाएर तत्काल संवादको थालनी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै संवादको थालनी गरेर आगामी दिनमा यसप्रकारका घटना हुन नदिने सुनिश्चितता गर्नुपर्ने बताएका हुन्।

‘प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति र परम्पराको अभ्यास संविधान र कानुनले सुनिश्चित गरेको अधिकारभित्र रही निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

लिङदेनले सुनसरी घटनाको सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गबाट छानबिन गर्न माग गरेका छन्।

‘कानुनविपरीत हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सदभाव बिथोल्ने जुनसुकै व्यक्ति वा समूह भए पनि कानुनबमोजिम कडा कारबाही गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,’ उनले भनेका छन्, ‘दण्डहीनताको संस्कृतिले यस्ता घटनालाई थप प्रोत्साहन गर्ने भएकाले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन।’

साथै उनले मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्न तथा घाइतेहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको तत्काल व्यवस्था गर्न सरकारँग माग गरेको छ।

सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनामा एक जनाको मृत्यु भएको छ।  सोही विषयलाई लिएर अहिले सुनसरीको देवानगञ्ज क्षेत्र अशान्त बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad