World Cup 2026 Today


पोर्चुगलका रेफ्रीलाई मेसीले ‘मेरो अनादर नगर’ भनेपछि...

पोर्चुगलका रेफ्रीलाई मेसीले ‘मेरो अनादर नगर’ भनेपछि...

नेपालखबर
असार २८, २०८३ आइतबार १६:१५, काठमाडौँ

फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलको क्रममा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगिज रेफ्री जोआओ पेड्रो पिनहेइरोबीच भएको विवादले अहिले सामाजिक सञ्जाल तातेको छ।

विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डले रोमाञ्चक खेल प्रस्तुत गरे। खेलको ७२औँ मिनेटमा १० खेलाडीमा समेटिएको स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्धको खेल अतिरिक्त समयमा पुर्यायो।

खेलका क्रममा मैदानभित्र रणनीतिक लडाइँभन्दा स्पटलाइट केही सेकेन्डभित्रै भाइरल भएको क्षणले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको हो। खेलको पहिलो हाफ जारी रहँदा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पोर्चुगिज रेफ्री जोआओ पेड्रो पिनहेइरोको सामना गरेका थिए। रेफ्रीले मेस्सीलाई सम्बोधन गर्ने तरिकामा विवाद गरे।

अर्जेन्टिनी स्टार मेस्सी आफ्नो अडानमा उभिए र सम्मानजनक आदानप्रदानको माग गरे। 

मेस्सीले भने, ‘मेरो अनादर नगर्नुस्!’ 

यो घटना स्विट्जरल्यान्डले फ्रिकिक पाउनुभन्दा केही क्षणअघिको थियो। पिनहेइरोले आवश्यक दूरीमा फर्किन निर्देशन दिँदा मेस्सी अर्जेन्टिनाको डिफेन्डिङ पर्खालको रुपमा थिए। 

यद्यपि, उनलाई रेफ्रीको स्वर र हाउभाउले निराश बनाएको देखिन्थ्यो। मेस्सीले तुरुन्त जवाफ फर्काए, ‘मसँग राम्रोसँग बोल्नुहोस्!’ 

यो तनाव यतिमा नै सकिएन। फ्रिकिक लिएपछि टेलिभिजन क्यामेराहरूले दुई जनाबीचको अर्को कुराकानी कैद गरेका थिए। जसअनुसार मेस्सी फेरि रेफ्रीकहाँ गए र ओठको माध्यमबाट उक्त कुरा भनेको देखिन्छ। 

‘मसँग राम्रोसँग बोल्नुहोस्, मलाई अनादर नगर्नुहोस्’, उनले भनेका छन्, ‘मसँग राम्रोसँग बोल्नुहोस्, मैले तपाईंसँग राम्रोसँग बोलेको थिएँ।’

यो क्षणमा अनुशासनका लागि कुनै कारबाही भएन र अर्जेन्टिनाले खेल जित्दै सेमिफाइनलमा स्थान बनायो। 

को हुन् पोर्चुगिज रेफ्री जोआओ पेड्रो पिनहेइरो?
पोर्चुगलको भिला नोभा डे फमालिकाउमा जन्मिएका जोआओ पेड्रो पिनहेइरो ३८ वर्षका भए। 

उनलाई युरोपकै राम्रोमध्येका रेफ्री मानिन्छ। सन् २०१५ मा पोर्चुगलको शीर्ष डिभिजनमा डेब्यु गरेका थिए। उनले एक वर्षपछि मात्र आफ्नो फिफा अन्तर्राष्ट्रिय ब्याज प्राप्त गरेका थिए।

युरोपेली फुटबलमार्फत उनको उदय स्थिर छ। यूईएफए च्याम्पियन्स लिग, युरोपा लिग र २०२५ यूईएफए सुपर कपजस्ता प्रमुख प्रतियोगिताहरूमा उनले रेफ्रीको भूमिका निर्वाह गरेका छन्। त्यही कारण उनी २०२६ को विश्वकपका लागि छनोट भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad