कला


‘तिरिमिरी झ्याइँ’ बाट सुमन कोइरालाको डेब्यू पक्का, असार २९ बाट छायांकन

‘तिरिमिरी झ्याइँ’ बाट सुमन कोइरालाको डेब्यू पक्का, असार २९ बाट छायांकन

नेपालखबर
असार २५, २०८३ बिहिबार १३:११, काठमाडौँ

‘दले दाइ’ नामबाट चर्चित कमेडियन सुमन कोइरालाले फिल्ममा डेब्यू गर्दै छन्। उनी राइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा बन्न लागेको फिल्म ‘तिरिमिरी झ्याइँ’ बाट सिनेक्षेत्रमा डेब्यू गर्न लागेका हुन्। 

हास्यव्यङ्ग्यात्मक कथामा बन्ने ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त गरिएको छ। वैदिक विधिअनुसार पूजाआजा गर्दै निर्माण टोली, कलाकार र सञ्चारकर्मीको उपस्थितिमा चलचित्रको औपचारिक शुभारम्भ गरिएको हो। 

मुहूर्त सटसँगै चलचित्रको निर्माण यात्रा विधिवत् रूपमा अगाडि बढेको छ। फिल्मको छायांकन असार २९ गतेबाट सुरु हुने बताइएको छ।

आभास अधिकारीको कथा तथा कन्सेप्टमा तयार हुन लागेको चलचित्रलाई समीरले निर्देशन रहनेछ। मुहूर्त कार्यक्रममा बोल्दै निर्देशक समीरले यो चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हँसाउने र विशुद्ध हास्यव्यङ्ग्यको भरपुर मनोरञ्जन पस्कने बताए।

त्यस्तै, चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रबिन) ले एउटा उत्कृष्ट पारिवारिक कमेडी फिल्म बनाउने उद्देश्यका साथ अगाडि बढेको बताउँदै सम्पूर्ण टिमको मिहिनेतले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको धारणा राखे। कथाकारसमेत रहेका कार्यकारी निर्माता आभास अधिकारीले आफ्नै समाजका रमाइला र ठट्यौली घटनाक्रमलाई पर्दामा उतार्ने प्रयास गरिएको बताए।

फिल्ममा सुमनसहित दिग्गज अभिनेता धिरेन, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारको मुख्य अभिनय रहनेछ। यसै गरी सह-निर्माताको रूपमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा जोडिएका छन्।

यसमा विशाल कक्षपतिको छायाङ्कन रहनेछ भने अभिषेक कार्की सङ्गीतकार हुन्। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका हुन्। यसमा करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन्।

त्यसै गरी चलचित्रमा प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) को पोस्टर तथा पब्लिसिटी डिजाइन रहनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad