कला


मकवानपुरको सुपिङमा ‘आरोग्य साहित्यिक यात्रा’ हुने

मकवानपुरको सुपिङमा ‘आरोग्य साहित्यिक यात्रा’ हुने

नेपालखबर
असार २५, २०८३ बिहिबार १५:४३, काठमाडौँ

असार २९ र ३० गते मकवानपुरको सुपिङमा दुई दिने ‘आरोग्य साहित्यिक यात्रा’ हुने भएको छ। 

नेपाली साहित्य र आरोग्य क्षेत्रलाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। 

‘स्वस्थ शरीर, स्वस्थ सिर्जना’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस यात्राको परिकल्पना तथा संयोजन कलाकार, साहित्यकार एवं आध्यात्मिक अभियन्ता सोविता सिंखडाले गरेकी हुन्। 

उनले भनिन्, ‘जब एउटा स्रष्टा भित्रैदेखि शान्त र स्वस्थ हुन्छ, उसबाट निस्कने हरेक शब्दले समाजलाई सही रूपान्तरण गर्न सक्छ भन्ने पवित्र उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो।’

मकवानपुरको रमणीयस्थल सुपिङस्थित ‘सुपिङ गर्ज क्याम्प’मा हुने यस पहिलो कार्यक्रममा नेपालका ख्यातिप्राप्त एवं दिग्गज स्रष्टाहरूको सहभागिता रहनेछ। 

कार्यक्रमको सल्लाहकारमा मदन पुरस्कार विजेता वरिष्ठ कथाकार महेशविक्रम शाह छन् भने पूर्वमुख्यसचिव तथा आरोग्य अभियन्ता बैकुण्ठ अर्यालको सहभागिता रहने सिंखडाको भनाइ छ। 

दुई दिने यस यात्रामा मदन पुरस्कार विजेता आख्यानकारहरू नारायण वाग्ले र अमर न्यौपाने, आख्यानकार नयनराज पाण्डे, बहुप्रतिभाशाली अभिनेता, लेखक, निर्देशक खगेन्द्र लामिछाने र युवापुस्ताका लोकप्रिय उपन्यासकार सुविन भट्टराई सहभागी हुनेछन्।

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक अवार्ड जितेर फर्किएका लेखक तथा निर्देशक अविनाशविक्रम शाह र अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त चलचित्र लेखक तथा निर्देशक मीन भामको समेत उपस्थिति रहने सिंखडाले बताए।

कार्यक्रममा सञ्चारकर्मीहरू टीकाराम यात्री, निराजन भण्डारी, लेखक तथा नागरिक अभियन्ता अर्चना थापा, गजलकार बाबु त्रिपाठी, कलाकार सुशील सिटौला, लेखक तथा राजनीतिक विश्लेषक केशव दाहाल, लेखक तथा पत्रकार शेखर खरेल, कवि रिमा केसी, गायिका सोफिया थापा, उपन्यासकार प्रभा बराल, लेखक तथा पत्रकार क्षितिज समर्पण र कवि शान्ति प्रियवन्दनाको उपस्थिति रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad