कला


अमेरिकामा कुटिए चर्चित गायक तथा संगीतकार आशिष अविरल

अमेरिकामा कुटिए चर्चित गायक तथा संगीतकार आशिष अविरल

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १३:४, काठमाडौँ

अमेरिकाको बाल्टिमोरमा चर्चित संगीतकार तथा गायक आशिष अविरलमाथि निर्घात कुटपिट भएको छ। कामको सिलसिलामा विवाद भएपछि उनलाई दुई स्थानीयले कुटेका हुन्।

कुटपिटमा अविरलको नाक र आँखा मुनिको हड्डी भाँचिएको परिवारका सदस्यले जानकारी दिएका छन्। अविरललाई आँखामा गम्भीर चोट लागेको छ। अमेरिकामै रहेकी उनकी श्रीमती सुशीला पाठकले आशिष कुटिएको समाचारहरू सेयर गर्दै फेसबुकमार्फत यसबारे पृष्टि गरेकी हुन्। 

‘जीवनमा जस्तोसुकै परिस्थिति आएपनि तपाईं बलियो हुनुपर्छ। तपाईंको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, चाडैँ पूर्ण रुपमा स्वस्थ भएर फर्किनुहोस्,’ उनले लेखेकी छिन्। 

अहिले अविरललाई बाल्टिमोरको ट्रमा सेन्टरमा भर्ना गरिएको छ। कामको सिलसिलामा बाल्टिमोरको डाउनटाउनमा एक युवा र एक युवतीले अविरललाई कुटेका थिए। घाइते अविरललाई केही समयपछि त्यहाँ पुगेका साथीहरूले अस्पताल लगेका थिए।

अविरल एक वर्षयता सपरिवार अमेरिकामा बस्दै आएका छन्। केहीअघिमात्रै उनी नेपाल आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad