राजनीति


बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल

बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल

चीनको राजधानी बेइजिङमा परराष्ट्रमन्त्री शिशिर खनाल


नेपालखबर
जेठ ३१, २०८३ आइतबार १२:५२, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमणका लागि आइतबार बेइजिङ पुगेका छन्। 

चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा गएराति काठमाडौँबाट प्रस्थान गरेका उनी स्थानीय समयअनुसार आज अपराह्न बेइजिङ आइपुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

बेइजिङस्थित विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीले स्वागत गरे। 

परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दै छ।

समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ।

चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन्। 

साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने सूची छ।

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad