कला


अमेरिकाबाट नेपाल फर्किए धुर्मुस, भन्छन्: न्याय अवश्य मिल्नेछ भन्ने आशा छ

उसलाई साथ दिनुहोस् बिन्ती : सुन्तली
अमेरिकाबाट नेपाल फर्किए धुर्मुस, भन्छन्: न्याय अवश्य मिल्नेछ भन्ने आशा छ

नेपालखबर
जेठ २४, २०८३ आइतबार १४:२५, काठमाडौँ

सामाजिक अभियन्तासमेत रहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिकाबाट स्वदेश फर्किएका छन्।

आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको आफ्नो तस्बिर फेसबुकमा पोस्ट गर्दै उनले आफू मातृभूमि फर्किसकेको जानकारी गराएका हुन्। 

‘न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु’, उनले लेखेका छन्, आशा छ- न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुखदुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।’

कलाकारसमेत रहेकी उनकी पत्नी कुञ्जना घिमिरे सुन्तलीले पनि फेसबुक पोस्टमार्फत धुर्मुस नेपाल फर्केको र उनलाई न्याय दिन अपिल गरेकी छन्। 

‘भागेको होइन, पलपल मर्न नसकेर,सास फेर्न गार्हो भएर निसासिएर बाँच्न सकिनँ, मरेर न्याय पाइँदैन, जसरी हुन्छ जिउनुपर्छ भनेर सबैसँग चित्त दुखेर हिँडको’, उनले लेखेकी छन्, ‘मेरो धुर्मु न्याय खोज्न आफ्नो देश फर्केको छ, हामीलाई खेद्न छोडेर उसलाई साथ दिनुहोस् बिन्ती।’

सुन्तलीको स्टाटस हेर्दा धुर्मुस एक्लै नेपाल फर्केको बुझिन्छ।

गत मंसिर २६ गते फेसबुकमा लामो बकपत्र लेख्दै धुर्मस दम्पतीले छोरीको खुट्टाको उपचारका लागि अमेरिका गएको बताएका थिए।

त्यतिबेला उनीहरूलाई अमेरिका भागेको आरोप पनि लागेको थियो। 

चितनवको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान थालेका उनी ऋण लागेपछि तनावमा छन्। १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वबाट उनले मुक्ति खोजिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad