काठमाडौँ कलिङ साहित्य महोत्सवमा पाँच कृतिलाई ‘यशस्वी बुक अवार्ड २०८२’ बाट पुरस्कृत गरिएको छ।
शनिबार महोत्सवको पहिलो दिन पूर्वप्रधानमन्त्री सुशीला कार्कीले पुरस्कृत्त सष्टालाई सम्मानपत्र प्रदान गरिन्। पुरस्कृत कृतिमा काव्यतर्फ हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’, आख्यानतर्फ जयराम तिम्सिनाको ‘धीमहि’, गैरआख्यानतर्फ भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’, अनुसन्धानतर्फ दीपेन्द्रराज तिम्सिनाको ‘गुमनाम एक इतिशास बिसे नगर्ची’ र अनुवाद तथा अंग्रेजीतर्फ सबिता गौतम दाहालको ‘पिरामिड्स् अफ लेग्सिकल रिप्पल्स्’ छन्।
पुरस्कृत कृतिका प्रत्येक सष्टालाई २० हजार नगदसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको छ। शनिबारदेखि सुरु भएको महोत्सव आइतबारसम्म चल्नेछ।
36
Shares

प्रतिक्रिया