फिल्म ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ। निर्माणपक्षले आज एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो।
यो फिल्म आगामी मंसिर ११ गते रिलिज हुनेछ। समीर राइको निर्माणमा तयार भएको चलचित्रलाई जीवन शाहीले निर्देशन गरेका हुन्।
टौवा क्रिएसनले तयार पारेको फिल्मको पोस्टरमा चलचित्रका अधिकांश कलाकारको फरक-फरक अवतार देख्न सकिन्छ। फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका छ। पोस्टरमा कलाकारको आ-आफ्नै खालको मुड देख्न सकिन्छ।
फिल्ममा सुरविर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाँई, कल्पना श्रेष्ठ, समीर लामा लगायतको अभिनय छ।
रामशरण उप्रेतीको डीओपी रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन छ।
Shares

प्रतिक्रिया