कला


‘लज्जावती’ मा मुकुनको फरक अवतार, कहिले हुन्छ रिलिज?

‘लज्जावती’ मा मुकुनको फरक अवतार, कहिले हुन्छ रिलिज?

नेपालखबर
जेठ १९, २०८३ मंगलबार १३:१४, काठमाडौँ

राजबहादुर सानेको निर्देशनमा बनेको फिल्म ‘लज्जावती’को प्रदर्शन मिति घोषणा गरिएको छ। गत साता धर्मस्थलीस्थित एक घरमा सुटिङ गर्दै ४५ दिनमा सिनेमाको इन्डक्ल्याप गरिएको थियो।

यो फिल्म आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउनेछ। यो मितिमा अहिलेसम्म कुनै पनि नेपाली सिनेमाले आधिकारीक रुपमा आफ्‌नो प्रदर्शन मिति घोषणा गरेका छैनन्।

निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ। जसमा मुख्य अभिनेता मुकुन भुसाल फरक भूमिकामा देखिएका छन्। उनी बच्चा बोकिरहेको सुत्केरी महिलाको अवतारमा छन्। 

आहा फिल्मस्को व्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया हुन्। दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहेको सिनेमामा दिव्यराज सुवेदीको छायांकन छ।

यस फिल्ममा मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतम, रामहरी खड्का, विनोद श्रेष्ठ, दिपक थापा र काजल भुजेललगायतका कलाकारको अभिनय रहेको छ।

तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमामा देव महर्जनको द्वन्द्व निर्देशन छ। यो सिनेमालाई देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad