सरकारले महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा चलचित्र हल स्थापना गर्नेलाई सुरुको १० वर्षसम्म पूर्णरूपमा आयकर छुट दिने घोषणा गरेको छ।
बिहीबार संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।
यस्तै सरकारले संगीत, कला तथा साहित्यसम्बन्धी अध्ययनलाई देशैभर प्रवर्द्धन गर्ने समेत बताएको छ।
राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्युट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापना गर्न बजेट छुट्याइएको छ।
45
Shares

प्रतिक्रिया