कला


सुशीला कार्कीको नयाँ पुस्तक ‘मिट्टी एन्ड द वाइल्ड क्याट’

सुशीला कार्कीको नयाँ पुस्तक ‘मिट्टी एन्ड द वाइल्ड क्याट’

नेपालखबर
जेठ १०, २०८३ आइतबार १७:३१, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ को लोकार्पण गरिएको छ। शनिबार आर्मी अफिसर्स क्लब सुन्धारामा एक कार्यक्रम गर्दै लोकार्पण गरिएको हो। 

देशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका बेला उनले यो पुस्तकको सिर्जना गरेकी हुन्। उनले आफ्ना नातिलाई समर्पित गरेको यस पुस्तकले अपार प्रेम, आशा र सकारात्मकताको सन्देश दिन्छ। 

चराचुरुंगी र जनावरहरूबीचको अन्तरक्रियामार्फत उपन्यासले समानुभूति, सहकार्य, प्रेम र पारस्परिक निर्भरताको सन्देश प्रवाह गरेको छ। कौतुहल र मनोरञ्जनले भरिपूर्ण भएकाले कथावस्तु रोचक बनेको कार्यक्रममा बताइयो।

कार्कीका दुई कृति ‘न्याय’ (संस्मरण) र  ‘कारा’ (उपन्यास) नेपाली भाषाका सर्वाधिक बिक्री भएका पुस्तकहरूमा पर्छन्। यसबाहेक उनी चर्चित कृति  ‘लैङ्गिक समानता’ र ‘महिलावाद’ (नारीवाद) की पनि लेखक हुन्।

कार्कीले पुस्तक अन्योल र अनिश्चितताको युगमा हुर्किरहेका विश्वभरका बालबालिकाका लागि बहुमूल्य उपहारका रूपमा आएको बताइन्। १६८ पृष्ठ रहेको यो पुस्तकको मूल्य ५५६ रूपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad