कला


सुरज र अनुको ‘हावा चल्यो सिरिरी’ सार्वजनिक

सुरज र अनुको ‘हावा चल्यो सिरिरी’ सार्वजनिक

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १९:४०, काठमाडौँ

‘हावा चल्यो सिरिरी’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ। यस गीतमा सुरज पौडेल र अनु चौधरीको सुमधुर स्वर रहेको छ भने गीतका शब्द प्रमोद ढुंगानाले लेखेका हुन्। मनोज चौलागाईंले संगीत तथा एरेन्ज गरेका यस गीतको रेकर्डिङ एकाउस्टिक नेपाल स्टुडियोमा गरिएको हो।

गीतको भिडियोतर्फ निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् भने रोहित सिंह ठकुरीले कोरियोग्राफी गरेका छन्। भिडिओमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ। मेकअप एकता भण्डारीले गरेकी छन् भने सम्पादन सौखिन तिमल्सिनाको रहेको छ। ग्राफिक डिजाइन सन्तोष पनेरुले गरेका छन्। म्युजिक भिडिओको निर्माता निल प्रसाद ईटनि रहेका छन्।

गायक सुरज पौडेलको आज सार्वजनिक भएको म्युजिक भिडिओ १० औ भिडिओ हो। आज सार्वजनिक भएको भिडियो म्युजिक मन्त्र युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

भिडिओको छायांकन गुन्डु, भक्तपुरमा गरिएको छ। भिडिओमा डिओपीका रूपमा विनोद बिष्टले क्यामेरा सम्हालेका छन्। प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन् भने यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad