कला


‘आँखा’ ले अमेरिकामा जित्यो दुइ अवार्ड

‘आँखा’ ले अमेरिकामा जित्यो दुइ अवार्ड

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १६:१८, काठमाडौँ

अमेरिकामा आयोजना भएको ‘वर्ल्डफेस्ट-ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल’ मा नेपाली फिल्म ‘क्रलिङ क्रोज: आँखा’ ले दुई प्रतिष्ठित रेमी अवार्ड जित्दै ऐतिहासिक सफलता हात पारेको छ। हालै आयोजक कमिटीले इमेलमार्फत चलचित्रले दुई विधामा अवार्ड जितेको आधिकारिक जानकारी गराएको हो।

जौन योञ्जन निर्देशित यस फिल्मले विदेशी फिचर विधामा उत्कृष्ट हुँदै ‘प्लेटिनम रेमी अवार्ड’  र निर्देशन-क्राफ्ट विधामा ‘गोल्ड अवार्ड’ जितेको छ।

विश्वभरका चलचित्र निर्माता र सिर्जनाहरूलाई एकै ठाउँमा ल्याउने यो महोत्सव अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजना भएको हो। सन् १९६१ मा स्थापना भएको ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल विश्वकै सबैभन्दा पुरानो स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक मानिन्छ।

स्टिभन स्पिलबर्ग, जर्ज लुकास, डेभिड लिन्च र आङ ली जस्ता दिग्गज हलिउड निर्देशकहरूले पनि आफ्नो करियरको सुरुवातमा यही महोत्सवबाट रेमी अवार्ड प्राप्त गरेका थिए। 

यसअघि यस चलचित्रले ६२औं संस्करणको एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट चलचित्र’को उपाधि जितेर इतिहास रचिसकेको छ। उक्त महोत्सवको सर्वोच्च सम्मान प्राप्त गर्ने यो नै पहिलो नेपाली चलचित्र हो।

यस फिल्मले सुकुम्वासी बस्तीमा जीवनयापन गरिरहेका सामान्य मानिसहरूको कथा, सङ्घर्ष र यथार्थलाई  चित्रण गरेको छ। यस फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad