फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा डेब्यु अभिनेता अशोक आर्यनलाई देखाइएको छ। जहाँ उनले थुप्रै भिलेनहरुसँग सामना गर्नुपर्छ।
टिजरले फिल्मको डार्क, इन्टेन्स तथा एक्सन–ड्रिभेन टोन स्पष्ट झल्काउँछ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट रिलिज हुने तयारीमा छ।
फिल्ममा अशोक आर्यन मुख्य भूमिकामा देखिएका छन्। साथै सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा र सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय रहेको छ।
यस फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन्। उनले गीतका शब्दसमेत लेखेका छन् भने संगीत अनुप तिवारीले दिएका छन्। ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा ‘कुम्भ’ नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने छ। सिनेमाको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको छ ।
छायांकन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेको सिनेमा संजय थापाको द्धन्द्व निर्देशन तथा निर्मातामा स्वयं निर्देशक श्रेष्ठ र राजेश साह अनि कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन्।
एक्सन र रोमान्सको संयोजन बोकेको ‘कुम्भ’ले नयाँ अनुहार र अनुभवी कलाकारको मिश्रणमार्फत नेपाली सिनेमा बजारमा फरक स्वाद प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया