कला


‘एक मुठ्ठी बादल’ को ट्रेलरमा आँचलले बिहे गर्न नमान्दा आउने उतारचढावको कथा

‘एक मुठ्ठी बादल’ को ट्रेलरमा आँचलले बिहे गर्न नमान्दा आउने उतारचढावको कथा

नेपालखबर
बैशाख १४, २०८३ सोमबार ८:५१, काठमाडौँ

आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा छोरीको बिहेको प्रसंगदेखि पारिवारिक सम्बन्धको जटिलताको कथा समेटिएको छ।

ट्रेलरअनुसार मुख्य भूमिकामा देखिएकी आँचल बिहे गर्ने मुडमा छैनन्। तर, उनको परिवार भने सामाजिक प्रतिष्ठाको लागि छोरीलाई बिहे गर्न प्रेसर दिइरहेको छ। छोरीले बिहे गर्न नमान्दा परिवारमा आउने कलह र उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ।  

यस फिल्ममा आँचलसहित निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीको लगायतको अभिनय छ।

यस फिल्ममा सहारा शर्माको लेखन तथा निर्देशन रहेको छ। अभिमन्यु दीक्षितले निर्माण गरेका फिल्मको निकुन श्रेष्ठ कार्यकारी निर्माता हुन्।निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्। यो फिल्म जेठ ८ गतेबाट रिलिज हुँदैछ।

अमेरिकाको न्युयोर्क बस्दै आएकी सहाराले यसअघि ‘चेजिङ रेन्बोज’ शीर्षकको चलचित्र निर्देशन गरेकी थिइन्। 

यस फिल्मको निर्माणमा महिला चलचित्रकर्मीको विशेष सहभागिता छ। चलचित्रको छायांकन भियतनामकी लिन्ह डान गुयेन फानले गरेकी हुन्  जसले फिचर फिल्म छायांकन गर्ने पहिलो भियतनामी महिलाको रूपमा इतिहास रचेकी थिइन्।

प्रडक्सन डिजाइन भारतकी यशस्वी सभरवालले गरेकी हुन् । त्यसैगरि, सम्पादन भारतीय सम्पादक दीपा भाटियाद्वारा गरिएको हो, जो ‘तारे जमिन पर’  मा आफ्नो कामको लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छिन्। चलचित्रको कलर ग्रेडिङ थाइल्यान्डको ह्वाइट लाइटले गरेको हो ।

नेपालबाट फिल्मका विधागत प्रमुखहरूमा अग्रणी ठकुरी झा (कला), जानकी कडायत (भेषभूषा डिजाइन), कीर्ति जोशी (मेकअप) समावेश छन्। ची मुसी ची चलचित्रकी निर्देशक मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् । 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad