हङकङको नयाँ फानलिङ बाइपासको पूर्वी खण्ड ३ मेबाट सञ्चालनमा आउने भएको छ। उत्तरी महानगर मेगा विकास अन्तर्गतको परियोजना सम्पन्न भएर सञ्चालनमा आएपछि नयाँ बाइपासले यात्रा समय १० मिनेट घटाउनेछ भने फानलिङ उत्तर नयाँ विकास क्षेत्रको लागि महत्त्वपूर्ण सडक मार्गको रूपमा काम गर्नेछ।
के हो नयाँ बाइपास?
फानलिङ बाइपास (पूर्वी खण्ड) नयाँ ४ किलोमिटर क्यारेजवे हो। यसले न्यु टेरिटोरिजका उत्तरी जिल्लालाई सहरी क्षेत्रसँग जोड्ने काम गर्दछ। दोहोरो दुई लेनको यो क्यारेज वेमा एट-ग्रेड सडक, अन्डरपास र भ्याडक्टहरू समावेश छन्।
यो बाइपास ताईपोको काउलुङ हाङ नजिकै फानलिङ राजमार्गबाट सुरु हुन्छ र शेकवु सान चुन र फानलिङ उत्तर नयाँ विकास क्षेत्रसँग जोडिन्छ। साथै, अनलक चुन औद्योगिक क्षेत्र र लुनएक ताउ इन्टरचेन्ज हुँदै अगाडि बढ्छ।
अधिकारीहरूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख भएअनुसार, नयाँ बाइपासबाट यात्रा गर्ने चालकहरू शेङशुई र फानलिङको सहर केन्द्र हुँदै जाने व्यस्त सडकबाट नगई फानलिङ लुनएक ताउ, लुन वो हुई र फानलिङ राजमार्गको बीचबाट यात्रा गर्न सक्ने छन्।
Shares

प्रतिक्रिया