कला


अनिल कपुरलाई भेटेपछि दंग प्रियंका

अनिल कपुरलाई भेटेपछि दंग प्रियंका

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १५:२४, काठमाडौँ

अभिनेत्री प्रियंका कार्कीले बलिउड अभिनेता अनिल कपुरलाई भेटेकी छिन्। ‘मास्टर्नी’को पोस्ट-प्रोडक्सनको लागि मुम्बई पुगेकी प्रियंकाले अनिलसँगको भेटेको तस्विर सामाजिक सञ्जालमा राखेकी छिन्।

अभिनेत्री प्रियंकासहित उनका श्रीमान् तथा अभिनेता आयुष्मान जोशी अहिले मुम्बईमा छन्। मुम्बईस्थित प्रसिद्ध यशराज फिल्म्स स्टुडियोमा प्रियंकाले निर्माण गरेको फिल्म ‘मास्टर्नी’को पोस्ट-प्रडक्सन कार्य सुरु भएको छ। यो फिल्म प्रियंकाको होम प्रोडक्सन कम्पनी ‘आयंका फिल्म्स’ को डेब्यु फिल्म हो।

प्रियंकाले त्यस क्षणलाई विशेष भएको बताएकी छन्। ‘यो सुन्दर जीवन, यस्ता अवसर र आफूले माया गर्ने काम गर्न पाउनु मेरा लागि ठूलो सौभाग्य हो। हाम्रो पहिलो फिचर फिल्म ‘मास्टर्नी’को पोस्ट-प्रोडक्सन वाइआरएफमा गर्नु सपना जस्तै हो,’उनले लेखेकी छिन्।

साथै उनले बलिउड अभिनेता अनिल कपुरसँग भेट भएको क्षणलाई पनि स्मरणीय रुपमा उल्लेख गरेकी छिन्। उनी लेख्छिन्,‘अनिल कपुर सरलाई भेट्दा फ्यानजस्तो महसुस भयो। उहाँ आइकन हुनुहुन्छ, लिजेन्ड हुनुहुन्छ।’

यस फिल्मको छायांकन १२ भदौदेखि प्रदर्शन हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad