प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
उनले सोमबार मन्त्रिपरिषद् बैठक डाकेका हुन्।
एक मन्त्रीले नेपालखबरलाई बताएअनुसार ‘केही बेरअघि मात्र मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिइएको हो।’
प्रधानमन्त्री बालेनकै निर्देशनमा शनिबारदेखि काठमाडौँस्थित नदी किनारका अव्यवस्थित बस्ती डोजर प्रयोग गरेर हटाउने क्रम चलिरहेको छ।
यहीबिच डाकिएको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण केही निर्णय गर्न सक्ने अनुमान गरिएको छ।
1.3k
Shares

प्रतिक्रिया