शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘किङ’ ले रिलिजअगावै २५० करोड भारतीय रुपैयाँ कमाइ गरिसकेको छ। बलिउड हंगामाको रिपोर्ट अनुसार फिल्म वितरण कम्पनी पेन मरुधरले फिल्मको भारतीय वितरण अधिकार २५० करोड किनेको हो।
यो वर्षको सबैभन्दा ठूलो सम्झौतामध्ये एक मानिन्छ। फिल्मको बजेट ४०० करोड रुपैयाँ रहेको बताइएको छ, जसको अर्थ यो बजेटको आधाभन्दा बढी हिस्सा हो।
पेन मरुधरको शाहरुखको प्रोडक्सन हाउससँग लामो समयदेखि सम्बन्ध छ। कम्पनीले पहिले ‘जवान’, ‘डंकी’, ‘शून्य’, ‘बदला’ र ‘इत्तेफाक’ जस्ता चलचित्रहरू रिलिज गरिसकेको छ।
‘किङ’ सिद्धार्थ आनन्दद्वारा निर्देशित र रेड चिलीज इन्टरटेनमेन्ट र मार्फ्लिक्स पिक्चर्सद्वारा निर्मित हो। यो फिल्म सन् २०२६ को क्रिसमसमा रिलिज हुनेछ।
फिल्ममा शाहरुख खान, दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपूर, अभय बर्मा र अर्शद वारसीको अभिनय छ।
Shares

प्रतिक्रिया