वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर रिलिज भएको छ।
बिहीबार सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ। जहा फिल्मका मुख्य पात्र सुहाना थापा र प्रकाश सपुतबीचको घरझगडा देखिन्छ।
छिमेकी बनेका सौगात मल्ल र सिर्जना अधिकारीलाई एकदमै मिलेको जोडीका रुपमा देखिन्छ। श्रीमतीसँग झगडा गरेपछि खोज्न हिडेको कथाले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ। मार्मिक ट्रेलरमार्फत फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ।
यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रालिको निर्माणमा बनेको फिल्मका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाले लेखेको फिल्ममा छायाँकार संकल्प भुजेल छन्।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।
Shares

प्रतिक्रिया