कारोबार


अस्ट्रेलियन डलरको मूल्य लगातार बढ्दा युरो, पाउन्ड र दिनारको भाउ निरन्तर ओरालो

अस्ट्रेलियन डलरको मूल्य लगातार बढ्दा युरो, पाउन्ड र दिनारको भाउ निरन्तर ओरालो

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार ५:१०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज पनि अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि यी मुद्राको भाउ घटेको थियो।

तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने आज महँगिएका राष्ट्र बैंकले जनाएको छ। अस्ट्रेलियन डलरको मूल्य विगत केही दिनदेखि लगातार बढिरहेको छ। 

आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा थियो।

यही चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०७ रुपैयाँ १६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ९८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८६ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८८ रुपैयाँ ६६ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३९४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९६ रुपैयाँ १३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८२ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad