कला


प्रमोद र अञ्जुको स्वरमा ‘मेरो मनको राजा’ बोलको गीत सार्वजनिक

प्रमोद र अञ्जुको स्वरमा ‘मेरो मनको राजा’ बोलको गीत सार्वजनिक

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १८:२०, काठमाडौँ

‘मेरो मनको राजा’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा प्रमोद खरेल र अञ्जु पन्तको स्वर सुन्न सकिन्छ।

शंकर अधिकारी (घायल) को शब्द रहेको गीतमा प्रकाश डिजीले संगीत भरेका छन्। बुद्ध स्याङ्बाको संगीत संयोजन रहेको गीतको प्रकाश केसी मिक्सिङ, मास्टरिङ र रेकर्डिस्ट हुन्।

शेर साउदको निर्देशनमा बनेको भिडिओमा स्मारिका ढकाल र पुस्कर धनुके (सनराइज) को अभिनय छ। सैलुङमा खिँचिएको भिडिओमा दुबैजना प्रेमिल देखिएका छन्। 

राजेश घिमिरेले खिचेको गीतमा दीपक बिष्टको सम्पादन र कलर रहेको छ। पुस्कर धनुकेको प्रस्तुतिमा बनेको गीतको भिडिओ युट्युव च्यानल ओएसआर डिजिटलमार्फत हेर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad