कला


नयाँ वर्षमा प्रदर्शन भयो तुलसी घिमिरे निर्देशित ‘पहाड’

नयाँ वर्षमा प्रदर्शन भयो तुलसी घिमिरे निर्देशित ‘पहाड’

नेपालखबर
बैशाख १, २०८३ मंगलबार १२:३४, काठमाडौँ

नयाँ वर्षको अवसर पारेर आजबाट फिल्म ‘पहाड’ नेपालभर प्रदर्शन भएको छ। तुलसी घिमिरे निर्देशित फिल्मले रोजगारी, मानवविहीन रितिएको पहाड र पानीको समस्या समेटिएको छ। 

फिल्मले नेपालको समसामयिक विषय उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले जानकारी दिए। उनले भने, ‘पहाड सुन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गइरहेको पहाडको कथालाई चित्रण गरेका छौँ। यो कथा पहाडमा सेटअप गरिएको भए पनि यो समग्र देशकै चित्रण हो।’

उनका अनुसार आज फिल्मका कलाकारले काठमाडौँ उपत्यकाका विभिन्न चलचित्र हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नेछन्। यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ।

फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको छ।

निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन्। फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन्। भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’ मार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्रीका रुपमा डेब्यु गर्दै छिन्।

यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्। फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad