चैत्र २७ गतेबाट रिलिज हुने फिल्म ‘राम नाम सत्य’को अग्रिम टिकट बिक्री खुलेको छ। सोलो रिलिजको मौका पाएको यस फिल्मले मल्टिप्लेक्स हलहरुबाट उत्साहजनक शो पाएको छ। देशभरिका मल्टिप्लेक्स र सिंगल थिएटरमा १४० शो पाइसकेको निर्माणटिमले जनाएको छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका हलहरुबाट पहिलो दिनका लागि ५९ शो पाएको छ। काठमाडौं उपत्यकाका हलमा २७ शो पाउँदा उपत्यकाबाहिरका हलले ३२ शो दिएका छन्।
त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स हल आईएनआई सिनेमाजका ६ वटा आउटलेटमा २३ शो पाएका छन्। अन्य हलहरुले पनि अग्रिम बुकिङ खुलाउने तयारीमा छन्।
एक्सन जनरामा बनेको यस फिल्मलाई दर्शकहरु प्रतिक्षामा छन्। माइकल चन्द्रको निर्देशनमा बनेको फिल्ममा एक्सन किंग विराज भट्ट मुख्य भूमिकामा छन्। फिल्ममा विराजसहित सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ। फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन्।
यो फिल्म माइकल चन्दको कथा, पटकथा र लेखन बनेको हो। मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रुपमा छन्।
Shares

प्रतिक्रिया