फिल्म ‘एक्का तीन’ मा अभिनेता पुष्प खड्काको इन्ट्री भएको छ। पुष्पसँग कागजी सम्झौता गर्दै निर्माण टिमले लाइनअप बलियो बनाएको हो। यसअघि फिल्ममा अभिनेत्री पूजा शर्मा फाइनल भइसकेकी छन्।
फिल्मका निर्देशक रुपेश तामाङले धमाधम कलाकार फाइनल गर्दै अघि बढेको र प्रि-प्रोडक्सनको तयारी अन्तिममा पुगेको बताए। एक्सन जनरामा बनेको फिल्ममा पुष्पको भूमिका के हुन्छ भन्ने खुलाइएको छैन।
निर्माण टिमका अनुसार फिल्मबाट एक-एक जना नव अभिनेता-अभिनेत्री भित्राउने तयारी छ। जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्ने फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्। फिल्मको छायांकन आउँदो जेठ महिनाबाट सुरु हुनेछ।
पुष्प र पूजाले यस फिल्मबाट पर्दा सेयर गर्नेछन्। केही म्युजिक भिडिओमा काम गरेका यी दुईलाई दर्शकले ठूलो पर्दामा प्रतिक्षा गरिरहेका छन्।
Shares

प्रतिक्रिया