राजनीति


प्रधानमन्त्रीलाई बारको पत्र, सिंहदरबार प्रवेशमा अवरोध सिर्जना नगर्न अनुरोध

प्रधानमन्त्रीलाई बारको पत्र, सिंहदरबार प्रवेशमा अवरोध सिर्जना नगर्न अनुरोध

नेपालखबर
चैत २५, २०८२ बुधबार १२:१२, काठमाडौँ

नेपाल बार एसोसिएसनले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र पठाएर कानुन व्यवसायीलाई निर्वाध रुपमा सिंहदरबार प्रवेशको व्यवस्थाका लागि माग गरेको छ। 

बारका महासचिव केदारप्रसाद कोइरालाले पठाएको पत्रमा यसअघिकै व्यवस्था अनुसार, सिंहदरबार प्रवेशका लागि सहज बनाइदिन आग्रह गरिएको छ। पत्रमा भनिएको छ, ‘विगतमा जस्तै कानुन व्यवसायीहरूको हकमा कानुन व्यवसायीको परिचयपत्रका आधारमा निर्वाध रुपमा सिंहदरबार परिसरभित्र प्रवेशका लागि साविक व्यवस्था बमोजिम हुन अनुरोध गर्दछौँ।’

यसअघि कानुन व्यवसायीले परिचपत्रका आधारमा सिंहदरबार प्रवेश गर्दै आएका थिए। अहिले भने सरकारले त्यसलाई रोकेको छ। 

सरकारको कदमले सिंहदरबार प्रवेशमा अवरोध सिर्जना भएको बारले जनाएको छ। सिंहदरबारभित्र प्रशासकीय अदालत रहेकाले कानुन व्यवसायीले सहज रुपमा प्रवेश गर्न पाउनुपर्ने बारको माग छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad