कला


‘राम नाम सत्य’ बाट डेब्यु गर्न लागेका आयुष भन्छन्:निरन्तर फिल्ममा काम गर्छु

‘राम नाम सत्य’ बाट डेब्यु गर्न लागेका आयुष भन्छन्:निरन्तर फिल्ममा काम गर्छु

नेपालखबर
चैत २३, २०८२ सोमबार १७:५९, काठमाडौँ

चर्चित टिकटकर आयुष सिंह ठकुरी अब नेपाली फिल्मको पर्दामा देखिँदैछन्। उनी माइकल चन्दको लेखन तथा  निर्देशन रहेको फिल्म ‘राम नाम सत्य’बाट आयुषले डेब्यु गर्दैछन्। यो फिल्म चैत्रको २७ गतेबाट रिलिज हुँदैछ। 

आयुष यस फिल्मलाई लिएर निकै उत्साहित छन्। ‘यो फिल्मको कथावस्तु मन परेका कारण नै मैले काम गरेको हुँ। मलाई धेरै फिल्मको अफर नआएको होइन। तर, राम नाम सत्यको कथाले तान्यो र काम गर्न तयार भएँ,’उनले भने। 

फिल्म भित्र आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने आयुषको तर्क छ। भन्छन्, ‘मैले बोलेका एउटा संवाद ट्रेलरमा समावेश छ। यो ट्रेलर आउँदा मेरो परिवार र आफन्तले नै मेरो बोली चिन्नु भएन। पछि मैले नै यो संवाद मेरो हो भनेर भन्दा धेरै छक्क पर्नु भएको थियो। फिल्मका लागि निकै मिहिनेत गरेको छु।’

आयुषले अहिले नै आफूले फिल्मको व्यापारबारे नसोचेको तर्क गरे। उनले दर्शकले सुरुवातमा आफ्नो काम मन पराउन आवश्यक रहेको सुनाएँ। टिकटकमा लाखौ फलोअर्स कमाएका आयुषलाई ती दर्शक हलसम्म तान्ने चुनौती छ।

‘विदेशमा बस्ने धेरै नेपालीहरुले पनि नेपालमा रहेका आफन्त र साथीभाइका लागि टिकट खरिद गरिदिने, हल बुक गरिदिने भन्नुभएको छ। दर्शक फिल्मप्रति नै उत्साहित रहेको पाएको छु,’उनले भने। 

आयुषले फिल्मको सिक्वेल बन्ने जानकारी दिए। उनले भने, ‘राम नाम सत्य’को सिक्वेल पनि बन्दैछ। सिक्वेलमा मेरो भूमिका के हुन्छ भन्ने वुझ्नका लागि पनि दर्शकले राम नाम सत्यको पहिलो भाग छुटाउन हुँदैन।’

आयुषले यो फिल्मका लागि आफूले शतप्रतिशत मिहिनेत गरेको सुनाए। फिल्ममा कथावस्तु बलियो रहेको सस्पेन्स-थ्रिलर कथा रोचक रहेको सुनाउँदै आयुषले हरेक कोणबाट फिल्मले दर्शकलाई मनोरञ्जन दिने तर्क गरे।

आयुषले अब निरन्तर फिल्म क्षेत्रमा काम गर्ने संकेत गरे। उनले भने ‘मैले अझै मिहिनेत गर्नुछ। आफूलाई तयार गर्नुछ। यसैले हतार गरेर काम गरिहाल्छु भन्दिनँ। तर, अब निरन्तर यही क्षेत्रमा अगाडि भने बढ्छु।’

उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार भएको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad