कला


एक अर्ब नाघ्यो नेपाली फिल्मको व्यापार, यी हुन् वर्षका धेरै कमाउने १० फिल्म

एक अर्ब नाघ्यो नेपाली फिल्मको व्यापार, यी हुन् वर्षका धेरै कमाउने १० फिल्म

नेपालखबर
चैत २३, २०८२ सोमबार १५:४३, काठमाडौँ

२०८२ सालमा नेपाली फिल्मको कुल कमाइ एक अर्ब नाघेको छ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको वार्षिक बक्सअफिस रिपोर्टअनुसार यस वर्ष नेपाली फिल्मको कूल कमाइ एक अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँ पुगेको छ। गत वैशाख १ गतेदेखि चैत १८ प्रदर्शनमा आएका फिल्मको सूची बोर्डले निकालेको हो। जुन सूचीअनुसार यस वर्ष कुल कुल ५६ वटा नेपाली फिल्म रिलिज भएका छन्।

योसँगै लगातार दोस्रो वर्ष नेपाली फिल्मको ब्यापार एक अर्बभन्दा माथि पुगेको हो। २०८१ सालमा प्रदर्शनमा आएका ५९ वटा नेपाली फिल्मको कुल कमाइ एक अर्ब ८० करोड थियो।

त्यसैगरि, नीर शाहको मुख्य भूमिका रहेको ‘परान’ यस वर्ष धेरै कमाउने फिल्म बनेको छ। बोर्डको तथ्यांकअनुसार यस फिल्मले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कमाएको छ। यस फिल्मका ६ लाख ३० हजार ६९१ वटा टिकट बिकेका छन्।

त्यसैगरि, यस वर्ष धेरै कमाउने फिल्मको दोस्रो स्थानमा पल शाह अभिनीत ‘आ बाट आमा’ परेको छ। यस फिल्मले हालसम्म १३ करोड १३ लाख ७८ हजार ५२० व्यापार गरेको छ।

तेस्रोमा अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ छ। चौथोमा विपिन कार्की र मिरुना मगर अभिनीत ‘ऊनको स्विटर’ छ। त्यसपछि ‘बलिदान’, ‘मोहर’, ‘हरिबहादुरको जुत्ता’, ‘माग्ने राजा’ र ‘माइतीघर’ छन्।

त्यसैगरि, घरेलु बक्सअफिसमा यस वर्ष कुल टिकट विक्री ३७ लाख ८१ हजार ५४४ पुगेको छ। यसअनुसार ३७ लाखभन्दा धेरै दर्शकले यसवर्ष नेपाली फिल्म हेरेका छन्।

धेरै कमाउने फिल्म:

१) परान: १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ

२) आ बाट आमा: १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ

३) जेरी अन टप: १२ करोड २८ लाख ८४ हजार रुपैयाँ

४) उनको स्विटर: ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ

५) जारी-२: ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ

६) बलिदान: ५ करोड १० लाख ५१ हजार १७२ रुपैयाँ

७) मोहर: ५ करोड ८ लाख ९५ हजार ५१२ रुपैयाँ

८) हरिबहादुरको जुत्ता: ४ करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ

९) माग्ने राजा: ४ करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ

१०) माइतीघर: ४ करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad