कला


निफमा देखाइयो भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म

निफमा देखाइयो भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म

नेपालखबर
चैत २२, २०८२ आइतबार ७:१७, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ। 

सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो। 

तिब्बती गोठालाहरूको जीवन र मानव(वातावरणबीचको सहअस्तित्वको कथामा बनेको यस फिल्मले भेनिसमासमेत चर्चा पाएको थियो। 

सिजाङ पानोरमा अन्तर्गत शनिबार अन्य तीन फिल्महरू ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ प्रदर्शन गरिए। यी तीनै फिल्म भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा प्रदर्शन गरिएको थियो। 

गुओ यिफीको निर्देशनमा बनेको ‘होम अवे होम क्लोज’ले स्थानीय गोठालाहरूका लागि ‘मोबाइल फोटो स्टुडियो’ नामक जनसेवा पहल सुरु गर्न भौगोलिक जटिलता सामना गर्ने एक युवकको कथा प्रस्तुत गरेको छ। 

फिल्म ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’को निर्देशक ज्याक मालाटेरे हुन्। यस फिल्मले शैक्षिक मुद्दा उठान गरेको छ। 

सियाओ सियाओवाईको निर्देशनमा बनेको फिल्म ‘सनराइज ओभर द प्लेटो’ले साधारण परिवारहरूको शिक्षा, अर्थतन्त्र र संस्कृतिमा आएको असामान्य परिवर्तनहरूलाई उजागर गरेको छ। 

यस पानारोमा अन्तर्गत आइतबार फिल्महरू ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजान २०२६’ पनि प्रदर्शन हुनेछ। 

निफअन्तर्गतको ‘सिजाङ पानोरमा’मा प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शन कार्यक्रम हो।

निफमा शनिबार प्रतिस्पर्धामा रहेका फिल्महरू सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा प्रदर्शन भए। 

पर्यटनमा बोर्डमा ‘निफ फिचर पिच’ कार्यक्रम पनि भएको थियो। जसमा नयाँ र युवा लेखकहरूले निर्मातालाई कथा सुनाएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad