विराटनगरस्थित बबरसिंह-देवकुमारी थापा स्मृति गुठीले वर्ष २०८२ सालका दुई वटा प्रतिष्ठित सम्मानको घोषणा गरेको छ।
यस वर्षको देवकुमारी थापा स्मृति सम्मान वरिष्ठ कवि ज्ञान उदासलाई प्रदान गरिने भएको छ। २०१८ सालदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय उदासका सात वटा कविता सङ्ग्रह प्रकाशित छन्।
यो सम्मान २०६८ सालदेखि प्रदान गर्न थालिएको हो। यसअघि इन्द्रबहादुर राई, सत्यमोहन जोशी र महावीर पुनलाई प्रदान गरिएको थियो। यसको राशी ५१ हजार रुपैयाँ रहेको छ।
त्यस्तै, गुठीले बबरसिंह थापा स्मृति सम्मान फिल्म निर्देशक, लेखक तथा सामाजिक अभियन्ता सङ्गीता श्रेष्ठलाई प्रदान निर्णय गरेको छ। यो सम्मान २०६० सालदेखि प्रदान गरिँदै आएको हो। यसको राशाी २५ हजार रुपैयाँ रहेको छ।
श्रेष्ठले ‘कथा काठमाडौँ’ जस्ता चलचित्र र ७० भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरेका छन्। उनको ‘कथामा अल्झिएका प्रेम’ उपन्यास चर्चित छ। यो सम्मान हालसम्म २० जना व्यक्ति र दुई वटा संस्थाहरूलाई प्रदान गरिसकिएको गुठीले जनाएको छ।
Shares

प्रतिक्रिया