कला


क्रिटिक्स अवार्डमा ‘शाम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले बने उत्कृष्ट अभिनेता र अभिनेत्री

क्रिटिक्स अवार्डमा ‘शाम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले बने उत्कृष्ट अभिनेता र अभिनेत्री

नेपालखबर
चैत १८, २०८२ बुधबार १५:२०, काठमाडौँ

चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले वर्ष २०८१ को ‘क्रिटिक्स अवार्ड’ को नतिजा सार्वजनिक गरेको छ। 

समाजले चैत १८ गते प्रेस विज्ञप्ति जारी गरी १० विधामा पुरस्कृत चलचित्र र चलचित्रकर्मीको नाम घोषणा गरेको हो। यस वर्षको अवार्डमा बहुचर्चित चलचित्र ‘शाम्बाला’ ले वर्चस्व जमाएको छ। 

‘शाम्बाला’ ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (मीनबहादुर भाम) र उत्कृष्ट अभिनेत्री (थिन्ले ल्हामो) गरी तीन महत्त्वपूर्ण विधामा अवार्ड पाएको छ। यस्तै, चलचित्र ‘गाउँ आएको बाटो’ बाट दयाहाङ राईले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् भने किशोर आचार्यले उत्कृष्ट साउन्ड डिजाइनको अवार्ड पाएका छन्।

समाजका अध्यक्ष सामीप्यराज तिमल्सिनाका अनुसार, यस वर्ष औपचारिक समारोह आयोजना गर्ने लक्ष्य भए पनि देशको पछिल्लो राजनीतिक घटनाक्रम, जेनजी आन्दोलन र निर्वाचनका कारण नतिजा मात्र सार्वजनिक गरिएको हो। २०८१ साल र २०८२ सालको अवार्ड आगामी वर्ष एकैसाथ भव्य समारोहबीच वितरण गरिने उनले बताए। 

अवार्डका विजेताहरू: 

उत्कृष्ट चलचित्र:  शाम्बाला

उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)

उत्कृष्ट अभिनेता: दयाहाङ राई (गाउँ आएको बाटो)

उत्कृष्ट अभिनेत्री: थिन्ले ल्हामो (शाम्बाला)

उत्कृष्ट पटकथा तथा लेखन: सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)

उत्कृष्ट छायाङ्कन: आलोक शुक्ला (आँखा)

उत्कृष्ट सम्पादन: जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)

उत्कृष्ट साउन्ड डिजाइन: किशोर आचार्य (गाउँ आएको बाटो)

स्पेशल मेन्सन (अभिनय): सुपला सापकोटा (बोक्सीको घर)

स्पेशल मेन्सन (कला निर्देशन): पूर्ण बहादुरको सारङ्गी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad