कला


दोस्रोपटक आमा बनिन् बलिउड अभिनेत्री सोनम कपुर

दोस्रोपटक आमा बनिन् बलिउड अभिनेत्री सोनम कपुर

नेपालखबर
चैत १६, २०८२ सोमबार १२:३७, काठमाडौँ

बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छिन्। सोनम र उनका श्रीमान आनन्द आहूजा दोस्रोपटक पुनः आमाबुवा बनेका हुन्।

सोनमले आइतबार दोस्रो सन्तानको रुपमा पनि छोरालाई जन्म दिएकी हुन् ।

सोनम र आनन्दले इन्स्टाग्राममार्फत पोस्ट गर्दै दोस्रो सन्तान जन्मिएको जानकारी दिएका छन्।

‘अत्यन्त कृतज्ञता र मायाले भरिएका हृदयसहित हामी मार्च २९, २०२६ मा हाम्रो छोराको आगमन भएको घोषणा गर्न पाउँदा निकै खुशी छौँ। हाम्रो परिवार अझै ठूलो भएको छ, र उसको आगमनले हाम्रो मन अत्यन्त खुशीले भरिएको छ,’पोस्टमा लेखिएको छ। 
 

उन्त पोस्ट सार्वजनिक भएसँगै सेलिब्रेटी र फ्यानहरुले बधाईं दिइरहेका छन्। 

सोनम र आनन्दको बिहे सन् २०१८ मा भएको थियो। यसअघि सन् २०२२ मा सोनम र आनन्दको पहिलो सन्तानको रुपमा छोराको जन्म भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad