प्रधानमन्त्री बालेन शाहको गीत ‘जय महाकाली’ ले युट्युवमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। गत बिहिबार सार्वजनिक यस गीतलाई २ दिनमै युट्युवमा ४९ लाख पटक हेरिएको छ। जुन लोभलाग्दो भ्युज हो।
प्रधानमन्त्रीमा नियुक्त हुनुअघि बालेनले आफ्नो पुरानो गीतलाई रि-मास्टिङ गरेर सार्वजनिक गरेका थिए। ‘जय महाकाली’ सार्वजनिक भएसँगै यस गीतले युट्युवमा विभिन्न कीर्तिमानी रेकर्ड कायम गर्न सफल भयो।
सुरुवातमै यस गीतले ३ घण्टामै १० लाख भ्यूज पाउँदै ऐतिहासिक रेकर्ड बनायो। नेपाली गीतसंगीतको इतिहासमा सार्वजनिक भएको मात्र ३ घण्टामा सबैभन्दा छिटो १० लाख भ्युज पाउने नेपाली गीत बन्न सफल भयो।
त्यतिमात्रै होइन्, यस गीतको नाममा अर्को पनि रेकर्ड दर्ज छ। यो गीत २४ घण्टाभित्र युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली गीत बनेको छ। बिहिबार राती ८ बजे रिलिज भएको गीतलाई शुक्रबार राती ८ बजेसम्म ३७ लाख ४३ हजार ८१७ पटक हेरिएको थियो। यो भ्यूज अहिलेसम्म कुनै पनि नेपाली गीतले युट्युबमा पाउन सकेको थिएन।
यसअघि २४ घण्टाभित्र धेरै हेरिने गीतको रेकर्ड दुर्गेश थापाको ‘जाने भए जाम माया’ को नाममा थियो। सिसन बानियाँसँगको सहकार्य रहेको यस गीतले २४ घण्टाभित्रै १६ लाख ३६ हजार भ्युज पाएको थियो। तर, ‘जय महाकाली’ ले जुन रेकर्ड ६ घण्टामै तोडिदियो।
यो रफ्तार हेर्दा अब चाडै यस गीतले सबैभन्दा छिटो करोड क्लबमा पुग्ने गीतको रेकर्ड कायम गर्ने देखिन्छ। अहिलेसम्म सबैभन्दा छिटो एक करोड भ्युज पाउने गीतमा प्रकाश सपुतको गीत ‘सकम्बरी’ छ। यस गीतले एक सातामा १ करोड भ्यूजको आँकडा पार गरेको थियो। निकै चर्चा र विवादले घेरिएको गीतमा प्रकाश सपुतको शब्द, संगीत र स्वर रहेको छ।
बालेनको व्यापक क्रेजबीच प्रधानमन्त्री बन्नुअघि सार्वजनिक गीतले युट्युवमा तहल्का पिटिरहेको छ। जुन रेकर्डहरु तोड्न अरु गीतहरुलाई मुस्किल पर्ने देखिन्छ।
प्रधानमन्त्री बनेपछि पनि बालेनले त्रिशला गुरुङ र रचना दाहालसँगको सहकार्यमा दुई गीत पनि चाडै ल्याउँदैछन्। जुन गीतहरुले के बालेनको यस गीतको रेकर्ड तोड्लान् त?
Shares

प्रतिक्रिया