यौनकर्मीको कथावस्तुमा बनेको फिल्म ‘लालिमा’ बक्सअफिसमा कमजोर देखिएको छ। गत फागुन २९ गतेबाट प्रदर्शनरत यस फिल्मले ९ दिनमा जम्मा ५ लाखको मात्रै व्यापार गरेको हो।
बोर्डको तथ्यांकअनुसार फिल्मले गत शनिबार अर्थात चैत ७ गतेबाट ५ लाख २९ हजार ७३८ रुपैयाँ ग्रस कमाएको छ। यस अवधिमा फिल्मका २ हजार ४० वटा मात्र टिकट बिक्री भएका छन्।
‘लालिमा’ले अपेक्षित व्यापार गर्न नसकेपछि धेरै हलले आइतबार नै फिल्मलाई उतारेका थिए। बिहीबारबाट ‘धुरन्धुर-२’ रिलिज भएसँगै दोस्रो सातामा फिल्मको देशव्यापी एउटा शो मात्र छ।
‘लालिमा’ यौनकर्मीका समस्या, पीडा र मानसिकताको घटनामा बनेको हो। फिल्ममा रोश्नी कार्की मुख्य भूमिकामा छिन्। साथै जीवन भट्टराई, उषा रजक र शिशिर वाङदेन, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललगायतको अभिनय छ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्।
Shares

प्रतिक्रिया