कारोबार


एयर क्यानडा दुर्घटना: एटीसीले ‘स्टप... स्टप...’ भन्दाभन्दै ठोकियो विमान

एयर क्यानडा दुर्घटना: एटीसीले ‘स्टप... स्टप...’ भन्दाभन्दै ठोकियो विमान

एजेन्सीहरू
चैत ९, २०८२ सोमबार १३:४६, काठमाडौँ

न्युयोर्कको ला गार्डिया विमानस्थलमा एयर क्यानडाको विमान र दमकलबीच भएको टक्करअघिको 'एयर ट्राफिक कन्ट्रोल' (एटीसी) सम्वाद सार्वजनिक भएको छ। उक्त अडियोमा कन्ट्रोलरले दमकललाई रोक्न बारम्बार निर्देशन दिए पनि दुर्घटना टर्न नसकेको देखिएको छ।

क्यानडाको मोन्ट्रियलबाट न्युयोर्कका लागि उडेको एयर क्यानडाको विमान न्युयोर्कस्थित ला गार्डिया विमानस्थलमा अवतरणका क्रममा दमकलसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा चार जना अग्नि-नियन्त्रकहरू गम्भीर घाइते भए छन। विमानको अगाडिको भाग चुच्चो नाक भाँचिएको छ।

लाइभ एटीसी डट नेटले सार्वजनिक गरेको अडियो अनुसार, सुरुमा एटीसीले ग्राउन्ड युनिटलाई धावनमार्ग पार गर्ने सामान्य अनुमति दिएका थिए। कन्ट्रोलरले 'ट्रक १ र कम्पनी, डेल्टास्थित रनवे ४ क्रस गर्नुहोस्' भनिएको सुनिन्छ। तर, केही सेकेन्डमै स्थिति तनावपूर्ण बनेपछि एटीसीले आपतकालीन निर्देशन दिएका थिए।

धावनमार्गमा विमान आइरहेको देखेपछि कन्ट्रोलरले दमकललाई रोक्न चिच्याउँदै भनेका छन्, "रोकिनुहोस्, रोकिनुहोस्, रोकिनुहोस्, ट्रक १ रोकिनुहोस् !" कन्ट्रोलरले ट्रकलाई रोक्न पटक-पटक ताकेता गरे पनि जहाज र दमकल एकापसमा ठोक्किएका थिए।

ठक्कर लगत्तै कन्ट्रोलरले अवतरणको तयारीमा रहेका अन्य विमानलाई 'गो अराउन्ड' (अवतरण रद्द गरी पुनः उड्न) निर्देशन दिएका थिए। ठक्कर लगत्तै कन्ट्रोलरले दुर्घटनामा संलग्न विमानका पाइलटलाई भनेका छन्, 'मैले तपाईं सवारी साधनसँग ठोक्किएको देखिरहेको छु, जहाँको त्यहीँ बस्नुहोस् (होल्ड पोजिसन)।'

दुर्घटनाको केही सेकेन्डभित्रै ला गार्डिया विमानस्थल प्रशासनले उडान सञ्चालनमा पूर्ण रोक लगाएको थियो। एटीसीले 'रनवे ४-२-२' र त्यसलगत्तै 'पूर्ण विमानस्थल' बन्द गरिएको घोषणा गरेका थिए। यो संवादले विमानस्थलको 'ग्राउन्ड मुभमेन्ट' र समन्वयमा गम्भीर त्रुटि भएको संकेत गरेको छ। अमेरिकी संघीय उड्डयन निकायले यो अडियोलाई अनुसन्धानको मुख्य प्रमाणका रूपमा लिएको छ।

यो पनि: एयर क्यानडाको विमान दुर्घटना: ४ घाइते, १०० यात्रु जोगिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad