अभिनेत्री बेनिशा हमालले नाटकमा डेब्यु गर्न भएकी छन्। लेखक अमर न्यौपानेको मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ मा आधारित नाटकमार्फत रंगमञ्चमा पाइला राख्न लागेकी हुन्।
कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको नाटकमा उनी मुख्य भूमिकामा देखिनेछिन्। जसको लागि बेनिशाले आगामी चलचित्रका सबै कामबाट दुई महिनाको विश्राम लिने घोषणा गरेकी छन्।
उपन्यासको मुख्य पात्र ‘तारा’ को चुनौतीपूर्ण र सशक्त भूमिकालाई जीवन्त बनाउन उनले दुई महिनाको समय पूर्ण रूपमा नाटकलाई दिने निर्णय गरेकी हुन्। यो बीचमा उनले कुनै पनि नयाँ चलचित्रको छायांकनमा नजोडिने र केवल नाटकको तयारीमा केन्द्रित हुने बताएकी छन्।
नाटकका लागि आवश्यक शारीरिक हाउभाउ, संवाद सम्प्रेषण र पात्रको गहिराइलाई बुझ्न उनी अहिले टिमसँग वर्कसपमा व्यस्त छिन्। यस उपन्यासमा बालविधवाको पीडा, सामाजिक परिवेश र संघर्षको कथा समेटिएको छ।
कान्तिपुर थिएटरको यो चौथो नाटक हो। ‘सेतो धरती’ को मञ्चन मिति, निर्देशक तथा अन्य कलाकारबारे जानकारी चैत १३ मा अन्तर्राष्ट्रिय रंगमञ्च दिवसको अवसरमा सार्वजनिक गरिने बताइएको छ।
Shares

प्रतिक्रिया