कला


चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक

चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक

नेपालखबर
चैत ४, २०८२ बुधबार १८:१६, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक गरिएको छ। 

बुधबार राजधानीमा एक समारोहकाबीच चलचित्र ‘मालती मंगले’को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको हो।

अभिनेतृ वर्षा राउत तथा अभिनेता विजय बराललाई फिचर्ड गरिएको यो गीतमा गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको छ।

आनन्द अधिकारीको शब्दमा उज्वल सागरले संगीत भरेका छन्। टाइटल गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेतृ वर्षा राउतले गीतका शब्द र संगीतको प्रशंसा गर्दै यस्तो चलचित्रसँग जोडिन पाएकोमा खुशी व्यक्त गरिन्।

गायक रामकृष्ण ढकालले आनन्द अधिकारीसँग लामो सांगितीक सहकार्य भएको उल्लेख गर्दै यस सहकार्यले सांगीतिक सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे। उनले यो गीत पनि विगतका अन्य गीतहरुजस्तै दर्शकले रुचाउनेमा विश्वस्थ रहेको पनि बताए।

उनले चलचित्रको कथा समेत नेपाली समाजको परिवेशमा हुने माया र प्रेमको कथा रहेको बताए। 

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भुमिकामा छन्।

साथै चलचित्रमा प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु साह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा लगायतको अभिनय छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad