कला


‘राम कसम’ गीतको भिडिओमा पल र नारायणीको दमदार नृत्य (भिडिओ)

‘राम कसम’ गीतको भिडिओमा पल र नारायणीको दमदार नृत्य (भिडिओ)

नेपालखबर
चैत १, २०८२ आइतबार १४:९, काठमाडौँ

डान्सिङ गीत ‘राम कसम’ सार्वजनिक भएको  छ। सार्वजनिक गीतमा पल शाह र नारायणी खत्रीको दमदार नृत्य देख्न सकिन्छ। 

एलोन एक्सको शब्द छ भने आकाश मगरको संगीत रहेको छ। सार्वजनिक गीतमा नरेश खड्का र बबिता किरातीको स्वर दिएका छन्। साथै साउण्ड डिजाइनको काम पनि आकाशले नै गरेका हुन् ।

आकषंक सेटमा खिचिएको नृत्य साउथ फ्लेभरको छ।  भिडिओको कथा र कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। नवराज उप्रेतीले खिँचेको भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

यसैगीत मार्फत गायनमा प्रवेश गरेका गायक नरेशले दर्शक तथा स्रोताको माया पाउनेमा विश्वास राखेका छन्। सुर्खेत स्थायी घर भएका नरेश एक स्वास्थ्यकर्मी हुन्। उनी बेनिघाट रोराङ गाउँपालिकामा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत छन्।

सानैदेखी गायनमा रुचि भएकाले पेशा फरक भएपनि कलाकारितामा प्रवेश गरेको बताए। यस गीतको अडियो साउण्ड भारतमा तयार भएको सुनाए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad