राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले नयाँ सरकार गठन हुन दश दिनजति लाग्न सक्ने बताएका छन्।
रास्वपाको सचिवालय बैठकअघि केन्द्रीय कार्यालयमा प्रवक्ता झाले पार्टीबाट समानुपातिक सांसद बन्नेहरूको सूची भने आज निर्वाचन आयोगमा बुझाइने जानकारी दिए।
समानुपातिक सांसदहरूको सूची टुंगो लगाउन र अन्य विविध विषयमा छलफल गर्न रास्वपाले बैठक आह्वान गरेको हो।
‘हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरूको नामावली बुझाउने भएकाले आज हामी त्यो नामावली टुंग्याउँछौँ,’ प्रवक्ता झाले भने, ‘केही व्यवहारिक र संवैधानिक प्रक्रियाहरू बाँकी नै रहेकाले नयाँ सरकार बन्न भने १० दिन जति समय लाग्न सक्छ।’
69
Shares

प्रतिक्रिया