बलिउड फिल्म ‘एक दिन’ को ट्रेलर सार्वजनिक भएको छ। आमिर खान प्रोडक्सनको रहेको फिल्मको ट्रेलरमा मुख्य कलाकार साईं पल्लवी र जुनैद खानबीचको प्रेमकथाको सुन्दरलाई प्रस्तुत गरिएको छ।
ट्रेलरमा उनीहरूबीच सुरू हुने एकदिनको रोचक प्रेम र भावनात्मक उतार-चढावको कथा समेटेको छ। ट्रेलरमा मुख्य दुई पात्रले सँगै बिताएको एक सुन्दर दिनको झल्को देखाइन्छ। त्यसपछि उनीहरुको सम्बन्धले कुन मोड ल्याउँला? त्यो भने रहस्य रुपमा छोडिएको छ।पृष्ठभूमिमा बज्ने चर्चित गायक अरिजित सिंहको आवाजले ट्रेलरलाई अझै सशक्त र भावनात्मक बनाएको छ।
यसै फिल्ममार्फत चर्चित दक्षिण भारत चर्चित अभिनेत्री साईं पल्लवीले बलिउडमा डेब्यु गरेकी हुन्। यस फिल्ममा अभिनेता जुनैद आमिर खानका छोरा हुन्।
सुनील पाण्डेको निर्देशनमा बनेको यो फिल्म सन् २०१६ को थाई फिल्म ‘वान डे’ को रिमेक हो। यो फिल्म आगामी मे १ बाट रिलिज हुँदैछ।

प्रतिक्रिया