थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘चरणदास चोर’ मञ्चन हुने भएको छ। चर्चित भारतीय नाटककार हबीब तनवीरद्वारा लिखित यो नाटक फागुन २९ गतेदेखि मञ्चन हुँदैछ।
नाटकको नेपाली संस्करण अशान्त शर्मा र राजन खतिवडाले अनुवाद गरेका हुन्। मण्डला थिएटर नेपालको थिएटर ल्याब १८औँ ब्याचका विद्यार्थीहरूको प्रस्तुति रहेको नाटकमा मिलन कार्कीको निर्देशन रहेको छ।
सामाजिक व्यङ्ग्य, लोक–शैली र नैतिक प्रश्नहरूको गहिरो प्रस्तुति रहेको यस नाटकले दक्षिण एसियाली रङ्गमञ्चमा विशिष्ट पहिचान बनाएको मानिन्छ। नेपालमा यस कृतिलाई मण्डला थिएटर नेपालले विभिन्न चरणमा मञ्चन गर्दै आएको छ।
नाटकको प्रारम्भिक निर्देशन राजन खतिवडाले गरेका थिए। त्यसपछि विकास जोशीले नयाँ दृष्टिकोणसहित नाटकलाई प्रस्तुत गरेका थिए। हाल मण्डला थिएटर नेपालको थिएटर ल्याब १८औँ ब्याचका विद्यार्थीहरूलाई मिलन कार्कीले निर्देशन गर्दै नाटकको पुन: पाठ गराइरहेका छन्।
Shares

प्रतिक्रिया