आज (शुक्रबार) फिल्म ‘प्रवासी जीवन’ प्रदर्शनमा आएको छ। हलमा अन्य नयाँ नेपाली फिल्म नहुँदा फिल्मले सोलो रिलिजको मौका पाएको हो।
श्याम क्षेत्री र राम अधिकारीको निर्देशनमा बनेको यस फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, श्याम क्षेत्री, एन्जेला एक्स बस्नेत, गगन सुवेदीलगायत कलाकारको अभिनय छ।
सामाजिक कथावस्तुमा आधारित फिल्मको निर्माता रविन आचार्य हुन्। फिल्मले भुटानी शरणार्थीहरू अमेरिका पुगेपछिको संघर्षलाई चित्रण गर्छ।
फिल्मले विदेशमा बसोबास गर्ने नेपाली समुदायको मानसिक अवस्था, पहिचानको खोजी र पारिवारिक सम्बन्धको भावनात्मक कुराहरूलाई समेटेको छ।
27
Shares

प्रतिक्रिया