समाज


६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ६१ वर्षका पुरुष पक्राउ

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ६१ वर्षका पुरुष पक्राउ

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १२:२०, ओखलढुंगा

एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ओखलढुंगाबाट एक पुरुषलाई पक्राउ गरेको छ। 

६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-४ रूम्जाटार बस्ने ६१ वर्षीय दिपबहादुर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार बिकलाई बिहीबार राति पक्राउ गरिएको हो। 

बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले घरैबाट उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad