भारतीय गायन क्षेत्रका 'शहनशाह' अरिजित सिंहले सन्यास घोषणा गरेर करोडौँ फ्यानको मन तोडेको केही समयमै एउटा ठूलो खबर बाहिरिएको छ। आमिर खानको आगामी फिल्म ‘एक दिन’ को शीर्ष गीतमा अरिजितले आफ्नो जादुमयी स्वर दिएका छन्।
यो कुनै सामान्य सहकार्य मात्र होइन, बरु मिस्टर पर्फेक्टनिस्ट आमिर खानको अथक प्रयासको परिणाम हो।
अरिजितलाई फकाउन चार दिनसम्म मुर्शिदाबादमा
अरिजितले प्लेब्याक गायनबाट विश्राम लिने पक्का गरेपछि आमिर खान आफैँ उनलाई फकाउन पश्चिम बंगालस्थित अरिजितको गृहनगर पुगेका थिए। आमिरले लगातार चार दिनसम्म त्यहाँ बसेर अरिजितलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न व्यक्तिगत रूपमा अनुरोध गरेका थिए।
भर्खरै सार्वजनिक भएको भिडियोमा दुई दिग्गजलाई भुइँमा बसेर अनौपचारिक गफ गरिरहेको देख्न सकिन्छ। भिडियोमा आमिरले भावुक हुँदै सोधेका छन्, "तिमी अहिले कुनै प्रोजेक्टमा छैनौ, केही समयको लागि ब्रेक लिन खोजेको कि हिन्दी फिल्म नै नगाउने निर्णय गरेका हौ?"
जवाफमा अरिजित मात्र मुस्कुराउँछन्, जसले उनको सन्यासको संकेतलाई अझ बलियो बनाउँछ। तर, आमिरले हार मान्दैनन् र जिस्कँदै भन्छन्, "ऐसा मत करो यार, हमारा क्या होगा?" (यस्तो नगर न यार, हाम्रो के होला?)
फ्यानको उत्साह
गत जनवरी २७ मा अरिजितले अचानक सन्यासको घोषणा गर्दा बलिउड उद्योग नै स्तब्ध भएको थियो। यद्यपि, आमिर खान प्रोडक्सनको यो गीत सार्वजनिक भएपछि फ्यानहरूमाझ नयाँ आशा पलाएको छ। आमिर खान प्रोडक्सनद्वारा बनेको यस फिल्ममा आमिरका छोरा जुनैद खान र साई पल्लवीको अभिनय छ। यो फिल्ममार्फत साई पल्लवीले हिन्दी सिनेमामा पाइला टेक्दैछिन्। सुनील पाण्डेद्वारा निर्देशित ‘एक दिन’ सन् २०१६ को थाई फिल्म ‘वन डे’ को रिमेक हो।
खासमा यो फिल्म सन् २०१६ को चर्चित थाई फिल्म ‘वन डे’ को आधिकारिक रिमेक हो। फिल्म मे १ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ।
Shares

प्रतिक्रिया